Posts

नेतृत्व र नीति ओझेल

पुराना भोटोले भोट कसरी किनिन्छ यहाँ? कृत्रिम आडम्बरले जनता नाङ्गो बनाउँदा... इन्साफको पुकार! पूर्ण कविता तल 👇 नेतृत्व र नीति ओझेल परिराख्दा                                   ...🖋️ अपूर्ण ( रोहित सिंह यादव)                                         गुलरिया, वार्ड नं. ७, बर्दिया                पुराना भोटोले भोट कसरी किनिन्छ यहाँ? साँझपख आफ्नै निगरानी, आफ्नै राहदानीमा खोटो फोटो क्षुब्धता पाउँछौ, अंशमा परेझैं अकिञ्चन पात्र। आफूलाई बुटिक र टाँकको सहारा, छाँटकाँटको यान्त्रिक मदत खोज्छौ, तर निन्द्रा र मुद्राका आसनमा केवल प्रसहन सिवाय केही हात लाग्दैन। आडम्बर जम्दैन, हर्ष र वर्षाका कुरा बनाउँछौ— तिमी कति चतुर, वाचाल, जाती-असल बुद्धसरह! कमिज-सुरुवाल अति मिहिन, भद्रता जनाउँछ। कसरी गालीलाई तालीमा परिणत गर्ने सूत्र चलाइ सक्यौ? खाली, ती जाली आँकडा यसरी, यसपाली नै भद्रकाली मन्दिर...

आफ्नो लागि समय खै त??

आफ्नो लागि समय खोज्नुहोस्: आत्मप्रेरणा र अनुशासनको यात्रा नमस्कार! यो ब्लग तपाईंको लागि समर्पित छ, जसले सपनाहरूको पीछा गर्दै गर्दा आफैंलाई प्रश्न सोध्नुहुन्छ। “आफ्नो लागि समय खै त? देनेवाला खुदका भला तोह देख” – यो उक्ति अंग्रेजीको “God helps those who help themselves” बाट प्रेरित छ, जसको नेपाली भावना हो: आफूले आफूलाई सहयोग गर्दा नै ईश्वरले सहयोग गर्छन्। यो ब्लगमा हामी तपाईंको मनका प्रश्नहरूको गहिराइमा डुबेर, अनलाइन स्रोतहरूबाट लिइएका प्रेरणादायी कविता, कथा र भनाइहरू सहित आत्मप्रेम, अनुशासन र सफलताको बाटो अन्वेषण गर्नेछौं। क्रमबद्ध रूपमा अगाडि बढ्दै, तपाईंलाई व्यावहारिक सल्लाह दिनेछौं। sahayattri +2 सपनाको स्वप्नबाट कर्मतर्फको संक्रमण सपनामा हराउने नवजागृत युवा, तपाईं समयलाई आफूबाट अलग गर्दै हुनुहुन्छ। तर प्रश्न उठ्छ: सपना र कर्मबीच तर्कसंगत सम्बन्ध छ कि छैन? नेपाली कवितामा यो द्वन्द्व प्रस्ट हुन्छ। उदाहरणस्वरूप, “सफलताका सूत्र” कवितामा भनिएको छ: “लगनशिलता आत्मविश्वास परिश्रमी बानी, धीरता र दृढता नै सफलताका खानी।” यो कविताले बताउँछ कि सफलता भौतारिनुमा होइन, लक्ष्यकेन्द्रित जीवनशैलीमा छ।...

Learning from Chapter -2 from Bhagvat Geeta

Image
  गीता ज्ञानामृत सार ❤️🙏🚩 Teachings from shree Bhagvat Geeta, Divine words and wisdoms from lord krishna to his beloved devotee,Arjuna❤️🙏 आजको अर्जुन को त? ------- यसको जवाफमा हामी सबै अर्जुन छौँ नि आजको कोलाहल दुनिँयामा श्रीमद्भागवत गीता दोस्रो अध्याय ज्ञानोपदेश, के सिख दिन्छ ,गीताका पवित्र श्लोकले,   १.  निश्चय गर्ने वाला बुद्धिको विकास(Decision making mind development ) ‌  २. सबै प्राणीको विषयमा हामीलाई सोच/चिन्ता गर्नु उचित हुँदैन ।(Welfare making of every being is not possible ) ‌  ३. आफ्नो धर्मलाई सोचेर चिन्तित/पिल्सिनु उचित हुँदैन ।(don't be panic by realizing or overthinking of ur duty or liability) ‌  ४. सुख-दु:ख,लाभ-हानी,जय-पराजय सबैलाई सम-भाव (एकीभाव भन्नाले एउटै भाव) ले बुझेर आफ्नो कर्मको मैदानमा दृढ़ निश्चय भएर लड्नु पर्दछ। (take the sorrow and joy,victory and defeat ,incomes and outgoings as equally potent) Something that is beyond ur goal/statement is Lust.    Lust लाई गीतामा प्रमाद र कहिँ कतै विषया भनेर व्याख्यान गरिन्छ। lust in...

HOW TWO SOULS UNITY STRUGGLES FOR EXISTENCE

Image
  दुई आत्माबीचको समीप्यता र विच्छेदका बिन्दु धेरै इच्छा आँकङ्क्षा थिए, मसँग तापनि शरीर गलेको / कमजोर भएको स्थितिमा आफ्ना हितौषी र सम्बन्धी भनी ठानिएकाहरुले सोचे चाहेअनुरुप आफू पूरा नगरिदिदाँ खिन्नता र दुःखार्थ बोध हुन्छ । विश्लेषक/व्याख्नकर्ताः रोहित सिंह यादव (अपूर्ण)  विपद् कालमा उसले आफ्ना पछाडि ती हातहरुको अपेक्षा गरेको हुन्छ, जसका खातिर ऊ आफ्नो जीवन काल र मैनबत्तीझैं जलेर प्रकाश छर्दछ । आफ्नो त्यो महात्म्या अरुले नबुझी दिदाँ दिक्कदारी र कठोरतालाई वास दिन्छ, आफ्ना अन्तर्मनका भित्री कुनासम्म । अब मसामु नि खिन्नता छ, मसँग गाँसिएका इच्छा, चाहना, उत्कण्ठाहरु पूर्ण हुने नदेखिएपछि विषमताका भावहरु आश्रय पाँउछन् । पुनः अन्तर्मनमा द्वन्द स्थापित हुन्छ ।                                 जो सँग अपेक्षा गरिएको छ, उसको मनोभाव, मनोवृत्ति चित्राङकन छ, त्यो मान्छेले उसलाई बुझिदियो भने ठीक हुन्छ । अब बुझ्ने र बुझाउनेबीच वैमनस्य पैदा हुन्...

Who are you? तँ को होस् ?

Image
आत्मोलोचना सारांश तपाईं र समाजबीचको सम्बन्ध: आशाको रथमा जोतिएको घोडा मैले तपाईंहरुलाई एक गहिरो र दार्शनिक प्रश्न सोधेको छु । मेरो लेखाइले मानिसको अस्तित्व र समाजसँगको उसको सम्बन्धलाई सुन्दर रूपमा व्याख्या गरेको छु । मैले तिमीलाई "आशाको रथमा जोतिएको घोडा" को रूपमा परिभाषित गरेका छु । यो रूपक निकै शक्तिशाली छ र यसले मानिसको जीवनको जटिलतालाई स्पष्ट रूपमा देखाउँछ। यहाँ भनेझैं, हामीले प्राप्त गर्ने सबै परिचयहरू—हाम्रो नाम, थर, पृष्ठभूमि, र भूगोल—अरूले नै दिएका हुन्। हामी ती परिचयहरूलाई आफ्नो ठान्छौं र त्यसैमा गर्व गर्छौं। तर, यहाँ औंल्याएझैं, यो सब केवल एउटा आडम्बर हो। हाम्रो वास्तविक पहिचान भनेको समाजका आशा र अपेक्षाहरू पूरा गर्ने एउटा साधन मात्र हो। हामी एउटा यस्तो रथमा जोतिएका घोडाजस्तै छौं, जसको लगाम अरू कसैको हातमा छ। त्यो रथलाई समाजको रूपमा हेर्न सकिन्छ, र त्यसको सारथी समाजले सिर्जना गरेको 'आशा' हो। हामी जन्मने बित्तिकै समाजले हामीमाथि थुप्रै आशाका बोझहरू थुपार्छ। हामीले राम्रो पढ्नुपर्छ, राम्रो जागिर खानुपर्छ, समाजमा इज्जत कमाउनुपर्छ, र असल सन्तान बन्नुपर्छ। यी सबै ...

जेनजीको आकाश :आशाको बन्धनयुक्त सकस

Image
  जेनजीको  आकाश: आशाको बन्धनयुक्त सकस तस्बिर: समाजले निर्देशित अश्व( घोडा)  स्रोत: गुगल ) बाल्यकालदेखि नै जेनजीको अस्तित्व एउटा सामाजिक घोषणापत्र जस्तै थियो। उसको नाम, थर, जन्मस्थान, वंशानुगत पेशा—यी सबै उसलाई थोपरिएका परिचयका पाटाहरू थिए। सानैदेखि उसको कानमा एउटै स्वर गुञ्जिरहन्थ्यो: "जेनजी, हाम्रो घरको इज्जत तैंले नै बचाउनु छ। धेरै पढेर ठूलो मान्छे बन्नु छ।" यो एउटा आशा थियो, एउटा बोझ थियो, जेनजीको नाजुक काँधहरूमा राखिएको। किशोरावस्थामा उसले पहिलो पटक आत्मज्ञानको सुगन्ध पाएको थियो। उसले एउटा सहपाठीप्रति आकर्षित महसुस गर्यो। त्यो भावना कोमल, निष्सङ्कोच थियो तर समाजरूपी सारथीको लगाम चुस्त भयो। "हाम्रो जातको छोरा उसको जातकी केटीसँग हुँदैन," उसको आफ्नै परिवारले नै भन्यो। प्रेमको त्यो कोपिला अझै फुट्नु अगावै मुस्कुराउँदा मसिन्याइयो। यो उसको जीवनको पहिलो ठूलो विफलता थियो, जसले उसलाई आत्म-अन्वेषणतर्फ मोड्यो। युवावस्थामा, उसले आफूलाई पढाइमा डुबाउने प्रयास गर्यो। उसको सपना सिविल सेवामा जानेको थियो। दिनरात एक गरेर उसले अध्ययन गर्यो। लोकसेवा आयोगको तयारी उसको जीवनको सबैभन्दा...

सामाजिक सञ्जालको लतः एक सोचनीय विषय😔

Image
(तस्बिरः सामाजिक सञ्जालको लत एङ्कित चित्र, स्रोत; गुगल ) आत्मविश्लेषण यस विषयमा म एक लतको सिकार भएको निजी अनुभवबाट भन्दा खेरि आफूलाई सिर्जनात्मक क्रियाकलाप र जनसम्पर्कसंग जोडिएर बस्नुस् । एक्लोपन र रिक्तताको भावले लतको विषय लत : सोचनिय विषय,ग्लानी र हिनताबोध गराउँछ आफैँभित्रको आफैंलाई । परिचय जब कुनै चिजबिजसंग हामी यसरी जोडिन्छौँ,हामी खाली र केही कामबाट छुट्टी एवं जनसम्पर्कबाट टुट्छौँ,हामीलाई लतको विषयाले आकृष्ट गर्दछ । यस विषयमा हाम्रो अवचेतन मन हाबी हुन्छ, हामी स्वयमको संयमता र विवेकशीलता गुमाउन पुग्छौँ अथवा के भनौँ , ती तार्किकता र औचित्य जस्ता कुराहरु लतको पूरा हुने दिशाका अघि निष्प्रभावी हुन्छन् । एक पटक यो शरीर र मन तिनै लतका कुरा र विषयमा यसरी समाहित हुन्छ,कि हामी त्यो विषयको बीच र एक पटक स्वाद चढेपछी हामी आफैँको आत्म (संयमता) नियन्त्रण गुमाउन पुग्छौँ । एकपटक जब ती विषयहरुको पूर्ती पछि पुन: तर्किकता र कर्तव्य बोध हुन्छ । व्यक्ती स्वयम आत्मलाई अझ सबलीकरण गर्छ । आफूलाई एक्लो हामी यस विश्वव्याप...